कथा संस्कार

कुरा पौराणिक कालको हो । लङ्का नाम गरेको राज्य थियो र सो राज्यमा रावणहरूको हैकम चल्दथ्यो । रामहरूले सो राज्यमा विजय प्राप्त गर्दछन् । त्यसका लागि ठुलो सङ्घर्ष गर्नु पर्छ । त्यहाँ बाँदरहरूको पनि सहभागिता हुन्छ । विजय उल्लासमा बाँदरहरूलाई पनि अमूल्य मोती बाँडिन्छ । बाँदरहरूले त्यो मोतिलाई टुक्रा टुक्रा पार्दछन् । कतिले चबाएर खाने चेष्टा गर्दछन् । किन यसो गरेको भन्दा त उनीहरू झन् मच्चिमच्चि ती मोतीका दानाहरू टुक्रा पार्न मै व्यस्त हुन्छन् । बाँदरलाई मोती दिनु नहुने रहेछ भन्ने छलफल हुन्छ लङ्कामा । बाँदर बाँदर नै हो उसले आफ्नो जात देखाएकै हुन्छ । समय र वस्तुको महत्व नबुझ्नेहरू बाँदर नै हुन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको बनेको पनि देख्न सक्दैन ।

बाँदरले न त मोती चिन्दछ न त त्यसको हिफाजत नै गर्दछ ।